कीवर्डहरू -

बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू

बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू भएको छ । शुक्रबार काठमाडौंको एभरेष्ट होटेलमा उक्त समिट शुरू भएको हो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरको कार्यक्रमको अध्यक्षता गरेका छन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालको उपस्थिति रहेको छ ।

कार्यक्रममा विशेष अतिथको रूपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र रहेका छन् । त्यस्तै अतिथिको रूपमा साइन रेसुङ्गा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरू, आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल कुमार दत्त, आन्तरिक राज्व विभागका सूचना प्रविधि प्रमुख रमेश सर्मा पौडेल, क्यान महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्मा, महासंघका निवर्तमान अध्यक्ष हेमन्त चौरासिया लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको छ ।

\"\"

कार्यक्रममा उपस्थिति भएका सबैलाई स्वागत गर्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सूचना प्रविधिबाट कुनै पनि पेशा तथा व्यवसाय अछुतो नरहेको बताएका थिए ।

सरकारले बैंकिङ, राजस्व र यातायात क्षेत्रलाई पूर्ण डिजिटलाइज बनाउनुपर्ने उनले बताए । साथै आधारभूत तहदेखिनै विद्यार्थीलाई कम्प्युटर विषय अनिवार्य गरिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रम ३ शत्रमा सञ्चालन हुनेछ । कार्यक्रमको लाइभ प्रसारण क्यान महासंघको फेसबुक पेजबाट भइरहेको छ ।

बीटुबी आइसिटी बिजनेश समिट २०२१ को टाइटल स्पोन्सरमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एशोसिएसन स्पोन्सरमा डायनामिक टेक्नोलोजी सहयोग रहेको छ ।

त्यस्तै कार्यक्रमलाई नेपाल टेलकिकम, प्रभु पे, ज्योती विकास बैंक, आईएमई पे, खेती, जेनश, एसपावर, एभिटा, टिपी लिंक, आईमार्क, स्मार्ट लगायत अन्य संघसंस्थाहरूको सहयोग रहेको छ ।

\"\"

\"\"

\"\"