कीवर्डहरू -

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो । कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ ।

टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो ।

उनले एप्पल परियोजनामा काम गरिरहेका स्टर्ट बोवेर्स मातहतमा रहेर काम गर्ने छन् । बोवेर्स पनि टेस्लाका पूर्व इन्जिनियरनै हुन् ।  एप्पलले विद्युतीय कार निर्माणको लागि अन्य कार निर्माता कम्पनीहरूसँग पनि छलफल अघि बढाइरहेको छ ।