कीवर्डहरू -

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा काठमाडौंको विनायक मल्टीभेन्यूमा साधारणसभा शुरू भएको हो ।

कार्यक्रममा अतिथिको रूपमा चेम्बर अफ कमर्शका अध्यक्ष र सीएनआईका उपाध्यक्षको पनि सहभागिता रहेको छ ।

प्रमुख अतिथि गोल्छाले सूचना प्रविधिले ठूलो रपान्तरण गरेको र यसको महत्व तथा आवश्यकता बढेको बताए ।

साधारणसभामा क्यानका महासंघका अध्यक्ष नवराज कुँवर, संस्थापक अध्यक्ष विमल कुमार शर्मा लगायतले आफ्नो मन्तव्य राखेका छन् ।

उक्त साधारणसभामा वार्षिक कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आइसिटी अवार्ड र अन्य विविध विषयमा छलफल हुनेछ ।