कीवर्डहरू -

टेस्लाको एप सर्भर केही घण्टाका लागि बन्द भएपछि सेवाग्राहीहरु गाडी बाहिरै लक हुन बाध्य

टेस्लाको एप सर्भर केही घण्टाका लागि बन्द भएपछि सेवाग्राहीहरु गाडी बाहिरै लक हुन बाध्य

टेस्लाको एप सर्भर हिजो अर्थात २१ नोभेम्बरमा केही घण्टाका लागि बन्द भएपछि केही सेवाग्राहीहरु आफ्नो गाडी बाहिरै लक भएका थिए । टेस्लाको एप सर्भर नचल्दा विश्वव्यापी रुपमानै टेस्लाको एप चल्न पाएको थिएन । यसले गर्दा उपभोक्ताहरुले आफ्नो कारसँग कनेक्ट गर्न पाएका थिएनन ।

कीकार्ड प्रयोग नगरेर फोन प्रयोग गर्ने उपभोक्ताहरु कार बाहिरै लक हुनुपर्ने समस्या धेरैले भोग्नु परेको थियो । सुरुमा यो समस्या उत्तर अमेरिकामा मात्रै देखिएको कम्पनीले अनुमान लगाएको थियो तर पछि दक्षिण कोरियाका एक चालकले पनि आफ्नो कार नचलेको भनेर ट्वीट गरेका थिए ।

यो ट्वीटको रिप्लाईमा एलन मस्कले चेकिङ्ग भनेर लेखेका थिए । यो कुराको बारेमा सबैभन्दा पहिले इलेक्ट्रेकले रिपोर्ट गरेको थियो । त्यसपछि अरु ट्वीटर प्रयोगकर्ताहरुले पनि आ आफ्नो गाडीमा यही समस्या आईरहेको ट्वीट गरेका थिए ।

क्लाउड सेवामा प्रयोगकर्ताहरुले धेरै भरपर्न थालेपछि यो गाडीबाहिर लक हुने समस्या बेलाबेलामा अरु विद्युतिय गाडीहरुमा पनि भईरहन सक्छ । विद्युतिय गाडीको प्रयोगकर्ताहरुले ब्याकअपको रुपमा कीकार्ड पनि बोक्दा सहज हुने यस घटनाले देखाएको छ ।