कीवर्डहरू -

वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड

वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड

वेद सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोलोजी सर्भिस अलाएन्स (विट्सा) ग्लोवल आईसीटी एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मान गरिएको छ ।

कम्पनीलाई उक्त अवार्ड कार्यक्रममा रहेको ‘डिजिटल अपरचुनिटी/इन्क्लुजन अवार्ड’ विधा अन्तर्गत ‘मेरिट अवार्ड’ प्रदान गरिएको हो ।

वेद स्कूल सफ्टवेयरमार्फत ‘ई–इजुकेशन एण्ड लर्निङ अवार्ड(प्राइभेट सेक्टर/एनजीओ) वर्गमा मनोनित  भएको कम्पनीले उक्त अवार्ड हात पारेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजित ‘बीटुबी–आईसीटी बिजनेस समिट–२०२१’ मार्फत कम्पनीलाई अवार्ड प्रदान गरेका हुन् ।

ढाकामा सम्पन्न ‘२०२१ वर्ल्ड कंग्रेस अन आईटी’ को भर्चुअल कार्यक्रममा अन्य विधा सहित यो अवार्ड नोभेम्बर १३ तरिखमा घोषणा गरिएको थियो ।

विट्साले अष्ट्रेलिया, दक्षिण अफ्रिका, क्यानाडा, मलेसिया सहित विभिन्न ८० भन्दा बढी देशबाट उत्कृष्ट प्रभावशाली तथा नवीन व्यवसायहरुबाट छनौट गरि विजेता घोषणा गर्दै आएको छ ।

‘यस सम्मानले शिक्षामा प्रविधिको प्रयोग गरि नयाँ आयाम ल्याउने हाम्रो प्रतिबद्धतालाई नयाँ ऊर्जा मिलेको छ,’ कम्पिनका सह–सस्थापक सुजित पाठकले भने, ‘हामी शिक्षा क्षेत्रलाई पूर्ण रूपमा डिजिटल रूपान्तरण गरि विद्यार्थीलाई शिक्षामा सहज पहुँचका लागि थप काम गर्दै छौं ।’