कीवर्डहरू -

नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट

नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात भू-उपग्रह राख्न ४ वटा अन्तर्राष्ट्रिय परामर्शदाता शर्टलिष्ट भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीले पेश गरेको आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकन पछि ४ कम्पनी शर्टलिष्ट गरेको हो ।

छनोटमा परेका कम्पनीहरुमा फ्रान्सको यूरोकन्सल्ट, टर्कीको टिआरकेस्याट_टिटिजी, दुबईको एसथ्रीटेल इंक र थाइल्याण्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन्।

प्राधिकरणले यसअघि स्याटेलाइटको सञ्चालन मोडालिटी, व्यवासायिक मोडालिटी, नियमन तथा सुरक्षाका लागि नीति विकाससम्बन्धी आवश्यक परामर्श सेवाका लागि आशयपत्र माग गरेको थियो ।

जसमा ८ वटा कम्पनीले आशयपत्र पेश गरेका थिए । आशयपत्र पेश गरेका ८ वटा कम्पनी मध्येबाट आर्थिक र प्राविधिक प्रस्ताव अध्ययन गरी ४ कम्पनी छनोट गरेको हो ।

शर्टलिष्टमा परेका ४ कम्पनीले अब विस्तृतमा आफ्नो योजना पेश गर्नुपर्ने हुन्छ । जसअनुसार उत्कृष्ट एउटा कम्पनी छनोट गरी स्याटेलाइट स्थापनाको काम अगाडि बढाइने छ ।