कीवर्डहरू -

मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा

मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ । आईएमई समूहले सञ्चालन गरेको मिदास टेक्नोलोजीले यस्तो व्यवस्था मिलाएको हो ।

यो सेवामार्फत सेवाग्राहीले बीर, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड नहुने कम्पनीको विश्वास छ ।

यस्तै, ग्राहकले पनि अस्पतालको अनावश्यक र झन्झिटिलो प्रक्रियाबाट छुट पाउने बताइएको छ । सेवाग्राहीले यो सेवा सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मेरो डाक्टर डटकमको वेसाइटमार्फत लिन सक्नेछन् ।

अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट लिन यो एप डाउनलोड गर्नुहोस्।