कीवर्डहरू -

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ हासिल गरेको हो ।

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका गरेका थिए ।

वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) रएसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरूको घोषणा गत कार्तिक २७गते बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) विधाअन्तर्गत जितेको हो ।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरू एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

विश्वभरका सूचनातथा सञ्चार प्रविधिक्षेत्रका संघसस्थाहरूको छाता संगठन विट्साकासेक्रेटरी जनरल जीम पोइसन्टले भने, ‘इनोभेटिभ इ–हेल्थ सोलुसन्स्अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ ।

दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।’