कीवर्डहरू -

बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ । कोएन डेस्क र बिबिसी न्यूजको रिपोर्ट अनुसार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले गल्फ अफ फोनसका नजिकैको ठाउँलाई ‘बिटकोइन सिटी’ बनाउने योजना रहेको बताएका छन् ।

त्यो शहरमा क्रिप्टो माइनिङ गर्नका लागि जिओथर्मल पावर प्लान्ट पनि बनाइने छ । शहरमा क्यापिटल गेन, पेरोल वा सम्पत्ति कर दिनुपर्दैन्, मात्रै मूल्य अभिवृद्धि कर तिर्नुपर्ने हुन्छ ।

देशले आफ्नो जनतालाई क्रिप्टोकरेन्सी प्रयोग गर्नदिन क्रिप्टो वालेट पनि सार्वजनिक गरेको छ । जसले नागरिकलाई क्रिप्टोकरेन्सी प्रयोग गर्न अनुमति दिन्छ ।

गत जुनमा एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी रुपमै स्वीकारेको थियो । यसरी स्वीकार गर्ने एल साल्भाडोर विश्वको पहिलो देश समेत हो ।

एल साल्भाडोरको सरकारले पुरै शहरलाई सिक्काको आकार दिने पनि तयारी गरेको छ । यो प्रोजेक्टका लागि ब्लकस्ट्रीमसँग सकार्य गरेर एक बिलियन डलरको कोष पनि खडा गरिने छ, जसको आदि रकम ऊर्जा र माईनिङ पूर्वाधार विकास गर्न प्रयोग गरिनेछ भने बाँकीको कोष डिजिटल करेन्सी खरिदका लागि प्रयोग गरिने जनाइएको छ । एल साल्भाडोरले पाँच वर्षपछि क्रिप्टो होल्डिङहरु पनि विक्री गर्न थाल्नेछ ।