रोल्स रोयसको विद्युतीय हवाईजहाज ३८७.४ माइल प्रति घण्टाको गतिमा उडेर रेकर्ड कायम गरेको कम्पनीले दावी गरेको छ । ‘स्पिरिट अफ इनोभेसन’ नाम दिइएको यो विद्युतिय हवाईजहाज तीन किलोमिटर उडेको थियो ।
यो रेकर्ड प्रमाणित भएमा यसले पहिलेको सिमेन्सबाट चल्ने एक्सट्रा ३३० एलईको २१३ माइल प्रति घण्टाको रेकर्ड लाई १३२ माइल प्रति घण्टाले तोडनेछ । यी रेकर्डसँगै यो हवाईजहाजले २०२ सेकण्डमै ९ हजार ८४२.५ फिटको उचाइमा पुगेको कम्पनीले दावी गरेको छ ।
यो हालको रेकर्डभन्दा ६० सेकेण्डले कम हो । कम्पनीले परीक्षण उडान नोभेम्बर १६ मा गरेको थियो । यसलाई ४०० किलोवाटको मोटरले चार्ज गरिएको छ । हवाईजहाजमा ६ हजार ४८० ओटा सेल रहेको छ ।