कीवर्डहरू -

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स(विप्रेषण) सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले नेपालमा सुरक्षित रूपमा रकम पठाउन र नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको छ ।

ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरूको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले आफ्ना रेमिटेन्स/विप्रेषण ग्राहकहरूका लागि रेमिटरहरूका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरू, र विशेष सरल कर्जा सुविधाहरू लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरू प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।