कीवर्डहरू -

नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस् 

नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस् 

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आगामी पुस २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ । काउन्सिलले बुधबार एक सूचना जारी गर्दै ६१ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) पुस २२ गतेदेखि २४ गतेसम्म हुने जानकारी दिएको हो ।

लाइसेन्स परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारमा मंसिर ८ गतेदेखि २४ सैं घण्टा खुल्ला राखेको जनाएको छ ।

काउन्सिलका अनुसार मंसिर ८ गतेदेखि पुस ७ गतेसम्म नियमित रुपमा र पुस ८ र ९ गते विलम्ब शुल्क तिरेर फारम भर्न सकिनेछ ।

काउन्सिलले कम्प्युटर प्रविधिको प्रयोग मार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

यदी तपाई काउन्सिलले परीक्षामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी दिइएको निर्देशन अनुसार अनलाइन फारम भर्न सक्नुहुनेछ ।