कीवर्डहरू -

डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता

डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता

थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फेईसँग भर्चुअल भेटवार्ता गरेका छन्  ।

कार्यक्रममा जनरल प्रयुतले थाइल्यान्डको डिजिटल रूपान्तरण र महामारीपछिको रिकभरीमा ह्वावेको निरन्तर सहयोग र थाइल्यान्ड ४.० रणनीति र डिजिटल प्रतिभा उत्पादनलाई प्रवर्द्धन गर्न ह्वावेसँगको सहकार्यलाई अझ सुदृढ पार्ने उनले बताए ।

भर्चुअल बैठकको क्रममा जनरल प्रयुत र रेनले कसरी डिजिटल प्रतिस्पर्धालाई सुदृढ गर्ने र थाइल्याण्डमा आईसिटी प्रतिभाको लागि बलियो आधार निर्माण गर्ने बारे विचार आदानप्रदान गरेका थिए ।

जनरल प्रयुतले थाइल्यान्डको आर्थिक लचिलोपन र दिगोपनलाई समर्थन गर्न उन्नत आईसिटी प्रविधि र डिजिटल आविष्कारले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिँदै, ह्वावेले थाइल्याण्डको महामारी र डिजिटल रूपान्तरण विरुद्धको लडाइमा ठूलो योगदान दिएको बताएका छन् ।  ।

"म ह्वावेको इतिहास र समर्पण संस्कृतिबाट धेरै प्रभावित भएको छु । भविष्यमा थाइल्याण्ड ह्वावेसँग डिजिटल अर्थतन्त्र, फाइभजी स्मार्ट अस्पताल, क्लाउड र कम्प्युटिङ, डिजिटल पावर, स्मार्ट लजिस्टिक र डाटा सेन्टर लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न ह्वावे इच्छुक छ ” उनले भने।

रेनले थाई सरकारको ह्वावेमा विश्वासको लागि कृतज्ञता व्यक्त गरे र फाइभजी रोलआउटमा थाइल्याण्डको उपलब्धिहरूको लागि बधाई पनि दिए ।

उनले, “ह्वावे र थाइल्याण्डले एक बलियो डिजिटल पूर्वाधार आधार निर्माण गर्न मिलेर काम गरिरहेका छन् । भविष्यमा हामी थाइल्याण्डका प्रमुख उद्योगहरूमा विशेष गरी पोर्ट र एयरपोर्ट परिदृश्यहरूमा डिजिटल प्रविधिहरूको एकीकरणलाई गति दिन तत्पर छौं ।” भनेर  बताए ।

“हामीलाई थाइल्याण्डको सफल डिजिटल रूपान्तरण र प्रतिभा विकासमा दृढ विश्वास छ । हाम्रो स्थानीय टोलीले थाई ग्राहक र  साझेदारहरूसँग मिलेर काम गर्नेछ जसले प्रविधि सोलुसनहरूको साथ देशको सामाजिक र आर्थिक विकासको सेवा गर्नेछ,” रेनले बताए ।

एशियन डिजिटल हब बन्ने थाइल्याण्डको डिजिटल ब्लुप्रिन्ट तर्फ ह्वावे र थाइल्याण्डले दुई प्रमुख क्षेत्रमा नजिकबाट सहकार्य गर्दै आएका छन् ।

पहिलो, थाइल्याण्ड ४.० रणनीति अनुसार ह्वावेले आफ्ना ग्राहकहरूसँग थाइल्याण्डको डिजिटल रूपान्तरण र आईसिटी पूर्वाधार इनोभेसनलाई गति दिन काम गरेको छ । फाइभजी, क्लाउड र  एआईको अवलम्बन मार्फत ह्वावे र यसका उद्योग साझेदारहरूले थाइल्यान्डका प्रमुख क्षेत्रहरूलाई सक्षम बनाउँदै छन् र स्वास्थ्य सेवा, शिक्षा, यातायात, ई–सरकार र स्मार्ट सिटी लगायत धेरै क्षेत्रहरूमा थाइल्याण्डको दीर्घकालीन सामाजिक आर्थिक विकास र डिजिटल इकोसिस्टमलाई बलियो बनाउन रोमाञ्चक अवसरहरू सिर्जना गर्दै छन् ।

यी कार्यहरूमध्ये स्मार्ट पोर्ट र एयरपोर्टहरू ह्वावे र थाइल्याण्डका लागि महत्वपूर्ण सम्भावित सहयोग क्षेत्र हुन् । रेनले चीनमा स्मार्ट पोर्ट र स्मार्ट एयरपोर्ट सोलुसनहरूमा कम्पनीको उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए । जसले सबै तत्वहरू – व्यक्ति, सवारी साधन, सामान, उद्यम र स्थानहरूमा आधारित अटोमेसन क्षमताहरू निर्माण गर्दछ – सुरक्षित, कुशल र इन्टेलिजेन्ट विश्व–स्तरीय पोर्ट र एयरपोर्र्टहरू निर्माण गर्न मद्दत गर्दछ ।

दोश्रो, जनरल प्रयुत र रेनले थाइल्याण्डमा थप दक्ष र डिजिटल प्रतिभा उत्पादन गर्ने प्रतिबद्धतामा पनि प्रकाश पारेका थिए । थाइल्यान्डको डिजिटल रूपान्तरण र दीर्घकालीन विकासलाई अगाडि बढाउनका लागि दुवै जनाले सार्वजनिक र निजी क्षेत्रले सबैलाई फाइदा हुने खुला, साझा आईसिटी प्रतिभा इकोसिस्टम निर्माण गर्न मिलेर काम गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए ।

थाइल्यान्डको स्थानीय आइसिटी प्रतिभा र डिजिटल कार्यशक्ति उत्पादन गर्ने लक्ष्य राख्दै ह्वावेले एसियामा ह्वावे एसियन एकेडेमी (थाइल्याण्ड) को स्थापना ग¥यो । जसले ४१,००० आईसिटी प्रोफेशनलहरूलाई तालिम दिइसकेको छ र १,३०० साना र मझौला उद्यमहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ । ह्वावेले २० भन्दा बढी थाई विश्वविद्यालयहरूसँग एमओयु हस्ताक्षर गरिसकेको छ ।

डिजिटल संसार द्रुत रूपमा नजिकिँदै गर्दा ह्वावेले डिजिटल समावेशी पहलहरू मार्फत कोही पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्दै डिजिटल ज्ञान र जोखिममा परेका समूहहरूको रोजगारीको सम्भावना बढाउने प्रतिबद्धता जनाएको छ ।

मार्च २०२१ मा ह्वावे थाइल्याण्डलाई “डिजिटल इन्टरनेशनल कर्पोरेशन अफ द इयर” को रूपमा विशेष पुरस्कारका लागि छनोट गरिएको छ । यो अवार्डले ह्वावेलाई उसको अमूल्य सहयोग र थाई समाजमा उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने प्रयासहरूको लागि सम्मान गर्दछ ।