कीवर्डहरू -

रोबोट र ड्रोन सम्बन्धि ५ दिने निःशुल्क वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

रोबोट र ड्रोन सम्बन्धि ५ दिने निःशुल्क वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

दूरशिक्षाले ५ दिने रोबोट तथा ड्रोन सम्बन्धि वर्कशप आयोजना गर्ने भएको छ । पछिल्लो समय विविध काममा रोबोट र ड्रोनको प्रयोग बढ्न थालेपछि दूरशिक्षाले आधुनिक प्रविधिसँग अभ्यस्त बनाउन वर्कशप आयोजना गर्न लागेको हो ।

निःशुल्क आयोजना हुने यो वर्कशप मंसिर १४ गतेदेखि ५ दिनसम्म आयोजना हुनेछ । यस वर्कशपमा ४५ जना सहभागी हुन सक्नेछन् । अभ्याससहित सञ्चालन हुने यो वर्कशप भौतिक रूपमै सञ्चालन हुने दूरशिक्षाले जनाएको छ ।

सो वर्कशपमा रोबोट तथा ड्रोन सम्बन्धि जानकारी दिने तथा सहभागीहरुलाई नै रोबोट तथा ड्रोन बनाउन सिकाउने तयारी रहेको दूरशिक्षाले जनाएको छ । यस कार्यक्रमबाट युवापुस्तालाई आधुनिक प्रविधिबारे धेरै नै जानकारीहरु उपलब्ध हुने अपेक्षा आयोजकले राखेको छ ।

यदी तपाई पनि यो वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने यी नम्बरमा 9801090638, 014258003 फोन गरेर आफ्नो नाम टिपाउन सक्नुहुन्छ ।

दूरशिक्षा शिक्षा सञ्जाल एउटा आईटी ट्रेनिङ प्रदान गर्ने संस्था हो । काठमाडौंको जमलमा अवस्थित यसले विद्यार्थीको रुचि, आवश्यकता तथा अनुकुलतालाई ध्यानमा राख्दै अनुभवी शिक्षकहरुद्वारा विविध तालिम प्रदान गर्दै आएको छ ।