कीवर्डहरू -

अाइटीमा भविष्य खोज्ने दुई युवाको सपना - क्लिक पोइन्ट इनोभेसन्स

अाइटीमा भविष्य खोज्ने दुई युवाको सपना - क्लिक पोइन्ट इनोभेसन्स

\"\" प्रविधिको विकाससँगै विश्वभर परिवर्तन अाइरहेकाे बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिएससी सिएसआइटीका विद्यार्थी दुई युवाको साझा सपना बनेको छ, क्लिक पोइन्ट इनोभेसन्स प्रालि

यी युवा हुन् मोरङ पथरीसनिस्चरेका अशोक खनाल र रोल्पा लिवाङका भरत डिसी । उनिहरु अाज राम्रा साथी मात्रै होइनन्, स्वदेशमै उद्यमशीलताकाे बिजाराेपण गर्न तम्सिएका बिजनेस पार्ट्नरसमेत हुन । ‘बिएससी सिएसआइटीको चौथो सेमेस्टर सकिन लाग्दा हामीले काम थालेका हौं । आज विद्यार्थी छँदै डेढ वर्षको स्टार्टअप अनुभव सँगालिसकेका छौं,’ भरतले सुनाए ।

वेबसाइट डिजाइन/डेभलपमेन्ट , मोबाइल एप्लिकेसन , सफ्टवेयर डेभलपमेन्टलगायत अाइटीसम्बन्धी सेवा तथा जानकारी प्रदान गर्नु नै क्लिक पोइन्टको मुख्य उदेश्य रहेको सञ्चालक तथा सिइअाे अशोक खनालले बताए । सुरुसुरुमा सबैको बिश्वास जित्न अलिक गार्हाे भएपनि निरन्तर प्रयास अग्रजहरुको साथ सहयोगले अहिले सजिलो भएको उनी बताउँछन। \"\"

कलेज सँगसँगै कम्पनी सुरु गर्न दुवैतिर समय व्यवस्थापनमा समस्या भएता पनि आफ्नो निरन्तर लगाव र मेहनतका कारण यो अवस्थामा पुगेको अर्का सञ्चालक तथा सिटिओ भरत डिसी बताउँछन ।

अनलाईन न्युज साइट, स्कुल अफिस, कन्सल्टेन्सी, सहकारी विभिन्न क्लब अनलाइन स्टोरहरू गरी ३५ भन्दा बढी सेवाग्राहीहरुलाई सुविधा प्रदान गरिसकेको र चाँडै नै यो संख्यालाई बढाउँदै नेपालको नाम चलेको कम्पनीहरुको नाममा आफ्नो कम्पनीको पनि नाम पुर्याउन लागिपर्ने डिसीले बताए ।

नेपालमै आइटीको भविष्य रहेको र नेपाल सरकारले एउटा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेको उचित प्रबन्ध मिलाइदिने हाे भने अमेरिका, अस्ट्रेलिया, युरोपलगायत देशका कामसमेत नेपालमा ल्याएर गर्ने सकिने अशोक बताउँछन्। ‘कलेज नसक्दै अफिस सञ्चालन गरी अाफू मात्रै स्वावलम्बी नबनी अन्य अाइटी जनशक्तिलार्इ पनि रोजगारी दिन पाउँदा अत्यन्तै खुशी र जिम्मेवारीबाेध भएकाे छ,’ खनालले सुनाए ।