कीवर्डहरू -

विश्वमा पहिलो थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो  थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो चोटि एक विरामीले थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा लगाएका छन् । स्टीभ भर्ज नामक विरामीले फ्राउनहोफर टेक्नोलोजीले निर्माण गरेको थ्रीडी प्रिन्ट प्रोस्थेटिक आँखा प्राप्त गरेका छन् । फ्राउनहोफर टेक्नोलोजीले ओक्पआई लिमिटेडसँग काम गरेर यस प्रविधिको विकास गरेका हुन् ।

पहिला प्रोस्थेटिक आँखाका लागि मान्छेको आई सकेटको आकारमा एउटा ढाँचा तयार पानुपथ्र्याे । यसका लागि साधारण एनेस्थेसिया पनि प्रयोग गर्नुपर्ने हुन्थयो सले गर्दा यो प्रक्रिया बालबालिकाका लागि प्रयोग गर्न मिल्दैनथियो ।

तर थ्रीडी प्रिन्ट प्रोस्थेटिक आँखाका लागि भनेर बाहिरै बाट अपथाल्मिक स्कयानर प्रयोग गरेर २.४ सेकेण्डको स्कयान गर्दा मात्रै आई सकेटको नाप लिन सकिन्छ । थ्रीडी प्रिन्ट मोडेल भने फिट एजी नामक कम्पनीले प्रिन्ट गर्ने गर्दछ ।

एउटै थ्रीडी प्रिन्टरले बेलायतमा दश हजार प्रोस्थेटिक आँखा प्रिन्ट गरेको छ । यो इनाभेसनले अरु पनि प्रोस्थेटिकको निर्माण गर्नलाई बाटो खोलिदिएको छ ।