कीवर्डहरू -

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक गर्ने ओप्पोले घोषणा गरेको छ । क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओपोले यस्तो घोषणा गरेको हो ।

यस संगै नयाँ स्न्यापड्रागन प्रोसेसर प्रयोग गर्ने ओपो पहिलो मध्यको एक कम्पनी हुनेछ । साथै फाइभजीको विकासमा तिब्रता र स्मार्टफोन नवप्रबर्तनको भविष्य अन्वेषणका लागि ओपोले क्वालकमसंगको सहकार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

‘क्वालकम र ओपो विचको गहिरो सहकार्य मार्फत हामीले फ्ल्यागशिप स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइन्ड एक्सथ्री सिरिज र रेनोसिक्स सिरिज सहित विभिन्न फाइभजी स्मार्टफोनहरु बजारमा सार्वजनिक गरिसकेका छौँ’, ओभरसिज सेल्सका लागि ओपाका उपाध्यक्ष, स्कट च्याङ्ले भने, ‘स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मको नयाँ पुस्ता सार्वजनिक भएको मा हामी निकै हर्षित छौँ ।’

फाइभजी सञ्जालको ब्यवसायीकरणदेखि नै विश्वब्यापी रुपमा यसको लोकप्रियताले गति पाएको छ । विश्वकै चौठौँ ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओपोले क्वालकम लगायत अन्य औद्योगिक पार्टनरहरुसंग सहकार्य गर्दै फाइभजी एसए नेटवर्कको निर्माण प्रबद्र्धनका साथै विश्वभर फाइभजीको ब्यवसायीकरणलाई गति प्रदान गरी रहेको छ ।

आजका मितिसम्म आईपुग्दा ओपोले विश्वभरका ८० भन्दा बढी प्रमुख मोबाइल नेटवर्क अपरेटर्ससंग सहकार्य गर्दै ती मध्य ४० भन्दा बढीलाई फाइभजी सेवा वितरणका लागि ओपोसंग आवद्ध गरिसकेको छ ।

यी संयुक्त पहलहरु मार्फत यूरोप, ल्याटिन अमेरिका र साउथ अफ्रिका जस्ता क्षेत्रीय बजारमा ब्यवसाय विकासमा उल्लेख्य सहयोग प्रदान गरेको छ ।