कीवर्डहरू -

सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको छ । हाम्रो पात्रोले गत असोजमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थप गरेको थियो ।

हाम्रो रेमिट सेवा शुरू गरेको २ महिनामै १० मिलियन अर्थात १ करोड रूपैयाँ नेपाल पठाएको हाम्रो पात्रोले जनाएको छ । यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् ।

अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने छ ।

रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ । प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन् ।