कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका 

कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको परीक्षा बोर्डको बोर्ड बैठकले कक्षा १२ को नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

यस वर्ष नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सहाभागी भएका थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् भने बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् ।

बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् ।

डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।

कक्षा १२ को नतिजा एसएमएस, वेबसाइट र आईभीआरका माध्यमबाट थाहा पाउन सकिने छ । नतिजा थाहा पाउन NEB लेखेर एक स्पेस दिई सिम्बोल नम्बर राखेर १६०० मा एसएमएस पठाउनु पर्नेछ ।

त्यस्तै टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिने छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।  साथै आईभीआर नम्बर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने छ ।