कीवर्डहरू -

‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा आईतबार गोष्ठी हुँदै

‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा आईतबार गोष्ठी हुँदै

नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा आईतबार गोष्ठी आयोजना गरेको छ ।

राष्ट्रिय नाचरघर जमलमा अपराह्न ४ बजेदेखि शुरू हुने उक्त गोष्ठी ‘महिला, बालबालिका सशक्तिकरणको लागि इन्टरनेट’ विषयमा छलफल  हुनेछ ।

सूचना प्रविधि क्षेत्रमा आवद्व र समुदायहरुलाई सशक्तिकरण गराउने, सक्षम र सचेतना वृद्धि गर्ने र इन्टरनेटको सहजीकरण गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको सहभागीता रहने छ । १६ दिने कार्यक्रम अन्तर्गत विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले हालै रसुवाको उत्तरगयामा कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।

त्यस्तै संस्थाले कानपुर, काभ्रेमा विद्यालयमा छोरी बचाऊ, छोरी पढाऊ नारासहित महिला सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यो  क्षेत्रमा इन्टरनेटको पहुँच नभएको पाइएपछि नेपाल इन्टरनेट फाउण्डेशनले त्यहाँ इन्टरनेट जडान गरिदिएको थियो ।

यसपछि फाउण्डेशनले  काठमाडौँ विश्वविद्यालयमा लैगिंक हिंसाको विरुद्ध कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको नारा ‘घरबाट सुरु गरौँ महिला हिसां अन्त गरौँ’ रहेको थियो ।

शुक्रबार संस्थाले त्रिभुवन विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको थियो । शनिबार संस्थाले सम्पूर्ण सरोकारवालाहरुसँग बैठक आयोजना गरेको छ । आइतबार अवार्ड र प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिने छ ।

यस गोष्ठीमा मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सेल्फी विथ डटर, जेसीआई बुढानिलकण्ठ, सजिलो पे, एनआरएन, आई मार्क, आइसिटी समाचार, भायानेट लगायतका संस्थाको सहयोग रहेको छ ।

फाउन्डेसनले यसअघि नेपालमा पहिलो पटक सेल्फी विथ डटर अभियान पनि शुरू गरेको थियो । एक महिनासम्म सञ्चालन भएको अभियानमा ५०० बढिले आफ्नो छोरीसँग  सेल्फी खिचेर पठाएका थिए ।

सेल्फी विथ डटर अभियान भारतको हरियाणाबाट शुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ‘मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा यस अभियानको प्रशंसा गरेका छन् ।

यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गरेको छ ।

यो पनि पढ्नुहोस्ः नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान