कीवर्डहरू -

नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै

नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै

नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका आधारमा प्री-पर्मिसन डिटेल्स खोज्न मिल्ने साथै वैदेशिक रोजगारीको खोजी गर्न मिल्ने सेवा थप भएको छ ।

आगामी दिनहरुमा नागरिक एपबाटै श्रम स्विकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडी बढाइएको छ । श्रम स्विकृती अत्यधिक भिडभाड हुने र जनगुणासो समेत धेरै आउने हुँदा नागरिक एपबाटै आधिकारिक व्यक्तिले नै आवेदन दिने साथै धेरै जसो व्यक्तिगत डकुमेन्ट नागरिकता, राहदानी, जस्ता श्रम स्वीकृतिका लागि आवेदन दिन आवश्यक पर्ने भएकाले एपबाटै आवेदन दिदाँ नागरिकलाई सहज हुने, खर्च जोगिने, एपमा भएका विवरणहरु अटो फिल भएर जाने पठाउन जाने, कम समय मै आवेदन भर्न सक्ने, विभागले आधिकारिकता जाँच गर्न थप श्रोत साधन खर्च गरिरहनु नपर्ने जस्ता फाईदाहरु हुनेछन ।

साथै यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीको महसुल तिर्ने, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको राष्ट्रिय परिचयपत्र, भौतिक पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश) को भेहिकल रजिष्ट्रेसन सिस्टम प्रणाली, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अनलाईन सेवाहरु, नेपाल ईन्जिनियरिङ परिषदका अनलाईन सेवाहरु, नेपाल मेडिकल परिषद्का अनलाईन सेवाहरु, नेपाल नर्सिङ परिषद्का अनलाईन सेवाहरु, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि आवेदन तथा रि-इन्ट्री लागायतका थप सेवाहरु आवद्द गर्न नागरिक एप लागिरहेको छ ।

उल्लेखित निकायहरुमा आवश्यक समन्वय भईरहेको तर ति प्रणालीहरु सँग अन्तरआवद्द गर्न आवश्यक प्राविधिक डकुमेन्ट (API) उपलव्ध नभएका कारण पुन: ताकेता गरिएको नागरिक एपले जनाएको छ ।