कीवर्डहरू -

अब स्मार्टफोन प्रयोग गरेरै एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सकिने

अब स्मार्टफोन प्रयोग गरेरै एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सकिने

अब प्रयोगकर्ताहरुले स्मार्टफोन प्रयोग गरेर एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सक्ने भएका छन् । गूगलले एन्ड्रोइडबाट चल्ने स्मार्ट टिभीमा फोनबाटै एपहरु इन्स्टल गर्न मिल्ने बनाएको हो । यो अप्सन एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

यसले गर्दा प्रयोगकर्ताले स्मार्ट टिभीको प्लेस्टोरमा एपहरु खोजिरहनु पर्दैन् । यसका लागि तपाईले एउटै गूगल अकाउन्ट स्मार्टफोन र एन्ड्रोइड टिभी डिभाइसमा लग इन गरेको हुनुपर्ने छ ।

एन्ड्रोइड टिभीको छेउमा रहेको चेकबक्समा थिचेर इन्स्टल बटनमा क्लिक गरेपछि एन्ड्रोइड टिभीमा एप पाउन सकिन्छ । यो फिचर गूगलले प्रयोगकर्ताका लागि उपलब्ध गराउन सुरु गरेको छ ।