कीवर्डहरू -

यसरी गर्नुहोस् एन्ड्रोइड फोनमा कल रेकर्ड 

यसरी गर्नुहोस् एन्ड्रोइड फोनमा कल रेकर्ड 

र्टुकलरले आफ्नो एपको भर्सन १२ सार्वजनिक गरेको छ । यो अपडेटले नयाँ फिचर र रिडिजाइन गरिएको यूजर इन्टरफेस ल्याएको छ । यो फिचरले गर्दा निःशुल्क रुपमा कल रेकर्ड गर्न सक्ने फिचर पनि प्रयोगकर्ताले प्राप्त गरेका छन् ।

यो फिचरले प्रयोगकर्ताहरुले इनकमिङ र आउटगोइङ दुवै खलको कल रेकर्ड गर्न सक्छन् । सबै रेकर्डिङ तपाइकै फोनमा सेभ हुने गर्दछ । पहिले यो फिचर पेड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर अब यो एन्ड्रोइड ५.० भन्दा माथि चल्ने सबै स्मार्टफोनमा चल्नेछ ।

यसका लागि एन्ड्रोइड स्मार्टफोनमा गएर सेटिङ्ग खोल्नुपर्ने हुन्छ । यसपछि एक्सेसिबिलिटीमा जानुपर्छ । डाउनलोड एप सेकसनको तल र्टुकलर कल रेकर्डिङ भन्ने अप्सनमा क्लिक गनुपर्छ । यसपछि र्टुकलर कल रेकर्डिङको टगल अन गर्नुपर्छ ।

त्यहाँ तपाईले र्टुकलरलई आफ्नो कल रेकर्ड गर्न दिने भनेर प्रश्न आउँँछ त्यहाँ ओके भनेर थिच्नुपर्छ । यो भर्सन पाउनलाई तपाईले एपको पछिल्लाो भर्सन डाउनलोड गर्नपर्नेहुन्छ ।

अब स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको तीन ओटा धर्काेमा क्लिक गर्नुपर्ने हुन्छ । यसतो गरेर तलसम्म स्क्रोल गरेर कल रेकर्डिङ भन्ने अप्सनमा क्लिक गनुपर्छ । यसरी एन्ड्रोइडमा कल रेकर्ड गर्न सकिन्छ ।