कीवर्डहरू -

ईन्नो डे २०२१ आयोजना गर्दै ओप्पो

ईन्नो डे २०२१ आयोजना गर्दै ओप्पो

चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ ।

रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष वार्षिक प्राविधिक समारोहका रुपमा ओपो ईन्नो डे २०२१ ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाईन ईन्नो वल्र्ड मार्फत विश्वभरबाट सहभागीताको अपेक्षा गरिएको छ ।

यो भर्चुअल लञ्च ईभेन्ट हालका वर्षहरुमै सर्वाधिक अन्तरक्रियात्मक समारोह हुने आशा गरिएको छ । सन् २०१९ मा पहिलो पटक ओपो ईन्नो डेको शुरुवात संगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ ।

ओपो ईन्नो डेको उदघाटन मार्फत ओपोले एआर ग्लासेज्, फाइभजी सीपीई र स्मार्टवाट्च लगायत आफ्ना अभूतपुर्व प्राविधिका एकिकृत ईकोसिष्टमको प्रर्दशनी गरेको थियो । पछिल्लो वर्ष ओपोले क्रान्तिकारी रोलेबल फोन लगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो ।

सन् २०२१ का लागि ओपोले आफ्ना लञ्च ईभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाईज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल ईभेन्टको अन्तरक्रियात्मक विश्वमा परिमार्जित गरेको छ ।