कीवर्डहरू -

ग्यालेक्सी ए सिरिज स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

ग्यालेक्सी ए सिरिज स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सन् २०२२ मा सामसङले पानी प्रतिरोधात्मक ग्यालेक्सी ए सिरिज सार्वजनिक गर्ने भएको छ । कम्पनीले पानी प्रतिरोधात्मक क्षमता भएको आधा दर्जन स्मार्टफोन  सार्वजनिक गरिसकेको छ ।

सामसङ्ले अहिले सम्म ग्यालेक्सी ए ५२, ए ५२ फाइभजी, ए ५२ एस फाइभजी ए ७२ जस्ता पानी प्रतिरोधात्मक स्मार्टफोनहरु सार्वजनिक गरिसकेको छ । पानी प्रतिरोधात्मक क्षमताका लागि कम्पनीले मेम्ब्रेन सामग्री र वाटरप्रुफ सिलिकन प्रयोग गरेको छ ।

यसमा ६.५ इन्चको एलईसिडी डिस्पले जसमा ७२०X१६०० पिक्सेल रिजोलुसन रहेको छ । स्मार्टफोनमा मिडियाटेक डाईमेन्सिटी ७०० प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ४ जिबी र्याम र ६४ जिबी इन्र्टनल स्टोरेज राखिएको छ । यसमा ५००० एमएएचको ब्याट्री पनि उपलब्ध हुनेछ । यसले १५ वाटको फास्ट चार्ज सपोर्ट गर्ने गर्दछ ।