कीवर्डहरू -

गूगल ड्राइभमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल ड्राइभमा डार्क मोड कसरी सुचारु गर्ने ?

गूगल ड्राइभ लोकप्रिय क्लाउड स्टोरेज सेवा प्रदायक हो । यसले डकुमेन्ट सेभ र स्टोर गर्नलाई सहज पार्ने गर्दछ । गूगल ड्राइभले डार्क मोडको पनि सुविधा दिने गर्दछ । डार्क मोड अन गरेर चलाउँदा आखाँलाई पनि सहज हुन्छ । आज हामी गूगल ड्राइभमा डार्क मोड कसरी सुचारु गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो एन्ड्रोइड फोनमा गूगल ड्राइभ खोल्नुपर्ने हुन्छ । त्यसपछि स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको आइकनमा क्लिक गरेर सेटिङ्गमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब 'चुज थिम' भन्ने अप्सनमा थिच्नुपर्छ । यहाँबाट तपाईले डार्क, लाईट वा सिस्टम डिफल्ट भन्ने तीन ओटा अप्सनबाट डार्क मोड छान्न सक्नुहुनेछ । यहाँबाट डार्क मोड छानेपछि तपाईको स्क्रीन डार्क देखाउँछ ।