कीवर्डहरू -

खल्तीमा आईफोन १३ अफरः दैनिक एक जनालाई १ लाख खल्ती पोइन्ट, अन्त्यमा १ जनालाई आईफोन १३

खल्तीमा आईफोन १३ अफरः दैनिक एक जनालाई १ लाख खल्ती पोइन्ट, अन्त्यमा १ जनालाई आईफोन १३

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि आइफोन जित्ने मौका ‘खल्तीमा आइफोन १३’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले खल्तीबाट ५० रूपैयाँको रिचार्ज गर्दा दैनिक १ जनाले १ लाख खल्ती पोइन्ट्स पाउन सक्नेछन् भने अफरको अन्त्यमा १ जना भाग्यशालीले आईफोन १३ जित्न सक्नेछन् ।

यो हफर डिसेम्बर ५ देखि जनवरी १४ सम्म लागु हुनेछ । प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिचर सर्भिसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने हुन्छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । यस योजनामा सहभागी हुन् खल्तीमा केवाईसी भेरिफाइड गरेको हुनुपर्नेछ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपालका लागि प्रोत्साहित गर्नु रहेको बताए ।

खल्तीमा आइफोन १३ को विजेता घोसणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ ।