कीवर्डहरू -

नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै

नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै

भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ । यस वर्षका कमर्यक्रम विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने कम्पनीले जनाएको छ ।

भिभोले यस वर्ष आफ्ना सहयोगी र ग्राहकहरुबाट अझ बढी सहयोगको अपेक्षा सहित कोसेढुङ्गाको रुपमा मनाउने सन्दर्भमा सवैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ । भिभोले सबैको ममताले गर्दा स्मार्टफोन उद्योगमा नयाँ उचाइमा पुग्ने विश्वास लिएको छ ।

चार बर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ र नेपालको उत्कृष्ट मध्ये एक ब्राण्डमा आफ्नो स्थान बनाएको छ ।

यसका अतिरिक्त ‘सेल्स कार्निभल’ को रुपमा मनाउदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा संमानित गर्नेछ । सेल्स कार्निभल १५ डिसेम्बर २०२१ बाट शुरु भई ५ जनवरी २०२२ सम्म संचालन हुनेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरीद गर्ने ग्राहकले ‘लक्की ड्र’ मा सहभागी हुन सक्नेछन् र लक्की ड्र मा ठूलै पुरस्कार पाइनेछ ।

त्यस अवसरमा भिभोले अति विशेष खालको इभेण्टको आयोजना चारबर्षको अन्तरालमा उल्लेखनीय जमघट गर्नेछ, जसमा सेलिब्रिटीहरु र प्रभावशाली व्यक्तित्वहरु सहभागी हुनेछन् ।

यी बर्षहरुमा पाएको अपार माया र साथको लागि कम्पनी कृतज्ञता ज्ञापन गर्दै सामुदायिक गतिविधिमा पनि संलग्न रहेको छ । सेल्स कार्निभल १५ डिसेम्वरबाट शुरु हुनेछ र भिभोका पसल र खुद्रा विक्रेताबाट उत्पादन खरीद गर्न सकिनेछ ।

भिभो नेपालका ब्राण्ड मेनेजर पियुष गिरीले शुरुका वर्ष कम्पनीका लागि निकै चुनौतिपूर्ण भएपनि ४ वर्षको समयमा  यति उपलव्धि हासिल गरेको बताए ।

‘ग्राहकहरुको हामी प्रतिको विश्वास र मायाले हामीलाई सेवा विस्तार गर्न सहयोग पुग्यो, त्यसका लागि ग्राहकहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौ,’ उनले भने ‘हामीलाई विश्वास छ प्रारंभ हुन लागेको सेल्स कार्निभल विगतको तुलनामा अझ भव्यरुपमा सम्पन्न हुनेछ । विगत वर्षमा ग्राहकहरुबाट सकारात्मक एवं उत्साहप्रद समर्थनबाट हामी उत्साहित भएका थियौं भने यस पल्टको सेल्स कार्निभल अझ भव्य हुनेछ ।’