कीवर्डहरू -

अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने

अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने

अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइडको जिमेल लागि यो फिचर उपलब्ध भएको हो । यस भन्दा पहिले प्रयोगकर्ताहरुले गूगल मिट लिकं बनाएर अरु सेवाहरु मार्फत मिटिङमा सहभागी हुन सक्ने सुविधा थियो ।

अब भने सजिलोका लागि गूगलले जिमेल एपमै कल बटन थपिदिएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ ।  यो बटन च्याट ट्याबबाट पाउन सकिन्छ । यसका लागि तपाईसँग एपको पछिल्लो भर्सन हुनुपर्ने हुन्छ ।

यो फिचर सबै प्रयोगकर्ताले पाउन कम्तीमा पनि १५ दिन लाग्ने गूगलले बताएको छ । यो फिचर गूगल वर्कस्पेस, जिसुट बेसिक र व्यवसायिक ग्राकहकका लागि उपलब्ध रहेको छ । यो फिचरले गर्दा इन्टरफेस ह्याङ्गआउट जस्तै देखिने गर्दछ ।