कीवर्डहरू -

अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी

अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास सार्वजनिक गर्ने ओप्पोको तयारी

नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ ।

कम्पनीको हाल सम्मकै बृहत प्रविधिक समारोह मार्फत ओपोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिंग युनिट) र ओपोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रबर्तनहरु सार्वजनिक गर्ने तयारी गरेको हो ।

डिसेम्बर १४ र १५ का दिन ओपो ईन्नो डे २०२१ को आयोजना अनलाइन र अफलाइन दुवै माध्यमबाट हुनेछ । अनलाइन समारोहका दौरान ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिस्कृत कर्पोरेट रणनीति तथा आरएण्डडीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन् ।

त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरु मार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ ।ओपो ईन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्यूमन लगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ । साथै, ईमेजिङ, एआई, एआर र फाइभजी लगायत आफ्ना उल्लेखनिय नवप्रबर्तनहरु पनि सार्वजनिक गरिनेछन् ।

सन् २०१९ मा यसको सुरुवात संगै ओपो ईन्नो डे मार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनिय नवप्रबर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन् ।

ओपो ईन्नो डे २०१९ मार्फत ओपोले एआर ग्लासेज, फाइभजी सीपीई र ओपो वाट्च स्मार्टवाट्च सिरिज लगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो ।

पछिल्लो वर्ष ओपोले ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो ।

यस वर्षपनि उक्त परम्परालाई निरन्तरता दिँदै ओपोले प्राविधिक विकासलाई नयाँ उचाई प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्ने जनाएको छ ।