कीवर्डहरू -

जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क

जाडो याममा सामसङका वासिङ्ग मेसिन किन्दा १७ प्रतिशतसम्म छूट, जडान निःशुल्क

सामसङ नेपालले जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यो योजना मंसिर १२ देखि पौष मसान्तसम्म वा स्टक रहून्जेलसम्मको लागि लागू हुनेछ ।

यो योजना मार्फत ग्राहकहरुले चुनिएका वासिङ्ग मेसिनहरुमा १७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।  यस योजनाद्वारा सामसङ नेपालले नेपाली ग्राहकलाई जाडो याममा वासिङ्ग मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वाशिंग मेसिनलाई एआई कन्ट्रोलयुत वाशिंग मेसिनसंग अपग्रेड गर्न प्रोत्साहन गर्दछ ।

यस योजनामा प्रदान गरिएका वासिङ्ग मेसिनहरु नविनतम प्रविधि , जस्तै ए आई कन्ट्रोल, इको बबल र हाइजिन् स्टीम प्रविधि छन् । यस अफरमा अरु प्राविधिका वासिङ्ग मेसिन जस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ्ग मेसिनहरु पनि उपलब्ध छन् ।

सामसङको नया प्राविधिक वासिङ्ग मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउछ र हाइजिन् स्टीमले ९९.९८ प्रतिशत किटाणुहरु मार्दछ । योजनामा समावेश भएका केही वासिङ्ग मेसिनमा एड वास सुविधा छ, जसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ ।

यस विशेषताले समय, पानी र ऊर्जा बचत गर्दछ ।  सामसङ नेपालले ग्राहकहरुलाई जाडो याममा लुगा धुन सजिलो होस् भन्ने उद्देश्यले उक्त योजना ल्याएको हो ।

सामसङ वासिङ्ग मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डिआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी हुनाको साथसाथै भिडिइद्वारा गरिएको परीक्षणमा २३ वर्षको दीर्घकालीन टिकाऊपना रहेको कम्पनीले जनाएको छ । वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवाको फाइदा पाऊन हुनेछ ।

यो अफर सामसङको आधिकारिक शोरुमहरुमा र सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत लागू गरिएको छ ।

विस्तृत जानकारी सामसङ नेपालको फेसबुक पेज वा इन्स्टाग्राम बाट पनि प्राप्त गर्न सकिन्छ । सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ र सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि रहेको छ ।