कीवर्डहरू -

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।

माई पेबाट पहिलो पटक मोबाइल टपअप, इन्टरनेट र विद्युतको बिल तिर्दा तथा फन्ड ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक दिइने कम्पनीले जनाएको छ ।

स्मार्टकार्ड नेपाल प्रालिले सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट विभिन्न किसिमका भुक्तानी अनलाइनबाटै गर्न सकिने छ ।

माई पेले बजारमा आक्रमक रूपमा प्रवेश गर्ने योजना बनाएको छ । केही समयपछि माई पे औपचारिक रूपमा सार्वजनिक हुने जनाइएको छ ।

हाललाई माई पेको एन्ड्रोइड एप गूगल प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।