कीवर्डहरू -

दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

दराज १२.१२ शुरू, भौचर, मेगा डिल, निःशुल्क शिपिंग तथा अन्य धेरै अफर

यस वर्षको ११.११ अभियानको विशाल सफलता पछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर) बाट सुरु भएको छ ।

१२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्, रु ४ हजारको मेगा भाउचर र बैंक कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. २०००) सम्मको थप छूट्को लाभ उठाउन सक्नेछन् ।

विस्तृतमा, यस अभियानमा सनराइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. २०००) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. १,०००) प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई-पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत (अधिकतम रु ५००) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसंग, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ।  यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री-संचालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो  ।

“११.११, दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड-ब्रेकिङ अभियान थियो। हामी यस्तो किर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौं। र यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन।  हामी अब एउटा अन्तिम अभियान - १२.१२ को साथ २०२१ समेट्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौं। साँच्चैनै यो धेरै रोमाञ्चक छ।“ दराज नेपालका एमडी लिनो अलरिङ्गले भने ।

अभियानको अतिरिक्त हाइलाइटहरू मद्दे रहेको छ एक खेल एक रुपैयाँको जसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिंक ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन्।

सहभागी हुनको लागि ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा आईएमई-पे मार्फत रु १ पूर्व-भुक्तानी गर्नुपर्छ। र यदि ग्राहकहरूले नजितेमा, रकम पुरा फिर्ता गरिनेछ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमि ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। केवल दराजमा साइन अप गरि दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुनेछन्।

यति मात्र नभई, १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा-गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउनेछन्।