कीवर्डहरू -

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट हो ।

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक हुन पाएकोमा उत्साहित भएको कम्पनीले जनाएको छ ।

पेमेन्ट स्वीचमा हालसम्म १८ वटा वाणिज्य बैंकहरू ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरू गरी जम्मा २८ बैक वित्तीय संस्थाहरू आवद्ध भएका छन् ।

अन्य बैंक/वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने योजना रहेको क्लियरिङ हाउसले जनाएको छ ।

कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरू प्रदान गर्नेगरी पहिलो चरणमा आवश्यक सम्पूर्ण तयारी भइसकेकाले सम्झौता पश्चात कार्यान्वयन अघि बढ्ने जनाइएको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाइरेक्ट डेबिड रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायत भुक्तानी उपकरणहरू उपलब्ध हुनेछन् ।

दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाएको क्लियरिङ हाउसले जनाएको छ ।