कीवर्डहरू -

जिमेलबाट यसरी गर्नुहोस् अडियो वा भिडियो कल 

जिमेलबाट यसरी गर्नुहोस् अडियो वा भिडियो कल 

अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइडको जिमेल लागि यो फिचर उपलब्ध भएको हो । यस भन्दा पहिले प्रयोगकर्ताहरुले गूगल मिट लिकं बनाएर अरु सेवाहरु मार्फत मिटिङमा सहभागी हुन सक्ने सुविधा थियो ।

अब भने सजिलोका लागि गूगलले जिमेल एपमै कल बटन थपिदिएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ ।  यो बटन च्याट ट्याबबाट पाउन सकिन्छ । यसका लागि तपाईसँग एपको पछिल्लो भर्सन हुनुपर्ने हुन्छ ।

यो फिचर गूगल वर्कस्पेस, जिसुट बेसिक र व्यवसायिक ग्राकहकका लागि उपलब्ध रहेको छ । यो फिचरले गर्दा इन्टरफेस ह्याङ्गआउट जस्तै देखिने गर्दछ ।

जिमेलमा अडियो वा भिडियो कल गर्नका लागि जिमेलमा गूगल च्याट इनेबल गरेको हुनुपर्छ । त्यस्तै आफ्नो स्मार्टफोनमा जिमेल एप इन्स्टल गरेको हुनुपर्छ ।

तपाईले कल गर्न लागेको प्रयोगकर्तासँग पनि जिमेलको पछिल्लो भर्सन र गूगल च्याट इनेबल गरेको हुनुपर्छ । यो रोलआउट हुँदै गरेको फिचर भएको कारण सबैले प्राप्त गर्नमा केही समय लाग्न सक्छ ।

कल गर्ने प्रक्रिया :

सर्वप्रथम आफ्नो स्मार्टफोनमा जिमेल एप खोल्नुहोस र तल्लो भागबाट च्याट अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब तपाईले सम्पर्क छानेर त्यसमा थिच्नुपर्छ जसले गर्दा च्याट विन्डो खुल्ने गर्दछ ।

कल गर्नका लागि माथिल्लो दायाँ भागमा रहेको फोन वा भिडियो आइकनमा क्लिक गर्नुपर्छ । यसरी सजिलै कल गर्न सकिन्छ ।