कीवर्डहरू -

एसएमएस गरेर गंगा प्रसादले जिते बजाज पल्सर बाइक

एसएमएस गरेर गंगा प्रसादले जिते बजाज पल्सर बाइक

टिडीओ नेपालले मङ्सिर २३  गते काठमाडौंमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा बोल्दै नभन्कर सुदले भने, ‘टिडीओ नेपालको एमहेल्थ जस्ता पहलहरुले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको छ । टिडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषा मार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ । निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वको बारेमा चेतना फैलाउँदै आज नेपालभरी एनसेलको व्यापक कभरेजको मद्दतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ ।’

उक्त कार्यक्रममा ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विजेताहरुको पूर्ण नामावली टिडीओ नेपालको वेबसाइटमा हेर्न सकिन्छ । महामारीको कारणले यो कार्यक्रमको आयोजना तीन महिना पछि सारिएको थियो ।

एनसेलसँगको सहकार्यमा टिडीओ नेपालले २४ जेठ २०७८ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता शुरु गरेको थियो ।

यस पहलले उपभोक्ताहरुलाई महामारीको समयमा के गर्ने र नगर्ने बारे जानकारी मात्र नदिइ घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो । यस सेवाले महामारीमा नेपालभरका आफ्ना प्रयोगकर्ताहरुलाई २० हजारभन्दा बढी परामर्श सेवा प्रदान गरेको थियो ।

टिडीओ नेपाल एक डिजिटल स्वास्थ्य सेवा हो, जसले लाभदायी र उपयुक्त स्वास्थ्य, कल्याण र फिटनेस सामाग्री प्रदान गर्दै नेपालका डाक्टरहरुसँग असीमित परामर्श प्रदान गर्दछ ।