कीवर्डहरू -

अन्तरिक्ष यात्रीहरुको दृष्टि जोगाउन नासाले निर्माण गर्‍यो ‘स्लिपिङ ब्याग’

अन्तरिक्ष यात्रीहरुको दृष्टि जोगाउन नासाले निर्माण गर्‍यो  ‘स्लिपिङ ब्याग’

नासाको नयाँ स्लीपिङ ब्यागले अन्तरिक्ष यात्रीहरुको दृष्टि जोगाउने भएको छ । अन्तरिक्ष यात्री हुनका लागि एकदमै राम्रो दृष्टिकोण हुनुपर्ने हुन्छ । तर अन्तरिक्षमा बसेर फर्किएका अन्तरिक्ष यात्रीहरुको दृष्टिकोण धेरैजसो बिग्रिसकेको हुने गर्दछ ।

त्यस कारण यूटी साउथवेस्टर्न मेडिकल सेन्टरका अन्वेषकहरुले एउटा स्लीपिङ ब्यागको निर्माण गरेका छन्, जसले अन्तरिक्ष यात्रीको टाउकोबाट तरल पदार्थ निकालेर आखाँको दृष्टि बिग्रिने समस्यालाई हटाउने गर्दछ ।

६ महिनाका लागि अन्र्तराष्ट्रिय स्पेस स्टेशन आइएसएस जाने आदि भन्दा बढि अन्तरीक्ष यात्रीहरुको भिन्न डिग्रीमा आखाँको दृष्टि बिग्रिएको पाइएको थियो ।

अन्तरिक्ष यात्री जोन फिलिप्सको दृष्टि पूर्णाङ्कबाट २०÷१०० मा झरेको पाइएको थियो । यसले मिशनलाईनै प्रभाव पार्न सक्ने पनि देखिन्छ ।

सुत्दा खेरि दिमागमा गएर तरलपदार्थ जम्मा हुने गर्दछ जुन पृथ्वीमा गुरुत्वाकर्षण बलका कारणले पृथ्वमिा भने उठेपछि त्यो तरल पदार्थ शरीरमानै फर्किने गर्दछ तर यो कुरा अन्तरीक्षमा सम्भव नभएको कारणले आँखा बिग्रिने गर्दछ ।

स्लीपिङ ब्यागले तरल पदार्थलाई खुट्टा तिर तान्ने काम गर्दछ र अन्तरीक्ष यात्रीहरुको दृष्टिकोण पनि जोगिने गर्दछ ।