कीवर्डहरू -

सानिमा र एनआईसी बिच इन्स्योरेन्स सम्झौता

सानिमा र एनआईसी बिच इन्स्योरेन्स सम्झौता

एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्स्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीकोे जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो ।


यसको मुलुकभर २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरी रहेको छ ।