कीवर्डहरू -

डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार

डिसेम्बर १५ देखि भिभोको सेल्स कार्निभल, स्मार्टफोन खरिदमा आर्कषक उपहार

आफ्नो चौथौं वार्षिकोत्सवको अवसरमा भीभोले डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सेल्स कार्निभल आयोजना गर्ने भएको छ । सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहार जित्न सक्ने छन् ।

ग्राहकले भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस्को खरिदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वारेण्टी पाउन सक्नेछन् ।

चौथो वार्षिकोत्सवलाई रमणीय बनाउन भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ । जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ । यी संस्थाका बच्चाहरूलाई स्टेसनरी सामान र खाना उपलब्ध गराइएको थियो ।

भीभो नेपालले विगत ४ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरुको माध्यमले सेवा प्रदान गर्दै आएको छ । भीभोका उत्पादनहरुले आफ्ना ग्राहकहरुलाई पूर्ण सन्तुष्टि दिएको दावी गरेको छ ।

नयाँ पुस्ताको चाहनालाई परिपूर्ति गर्न  कम्पनीले वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ ।

यसमा ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल एआई क्यामेरा रहेको छ । शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी हुने जनाइएको छ ।

यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरिएको छ । उक्त शक्तिशाली स्मार्टफोन डिसेम्बर १५ बाट १९ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ ।