कीवर्डहरू -

माइक्रोसफ्ट टिम्सको वान अन वान कलमा अब इण्ड टू इण्ड इन्क्रिप्सनको फिचर

माइक्रोसफ्ट टिम्सको वान अन वान कलमा अब इण्ड टू इण्ड इन्क्रिप्सनको फिचर

माइक्रोसफ्ट टिम्सले वान अन वान कलहरुको निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन( ई टू ई ) को फिचर ल्याएको छ । यो फिचरलाई कम्पनीले गत अक्टोबर देखि जाँच गर्दै आएको थियो ।

तपाईको कम्पनीले ई टू ई सुचारु गरेपछि दुवै पटिका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्नेछन् । इण्ड टू इण्ड इन्क्रिप्सनले कल गरेको बाहेकको कोही पनि प्रयोगकर्तालाई कल डिक्रिप्ट गर्न दिदैन् । यसले गर्दा प्रयोगकर्ताको गोपनियतामा एकदमै सुरक्षा हुनेछ । तर यो इन्क्रिप्सनको केही बेफाइदा पनि रहेको छ ।

ईन्डु टू ईन्डु सुचारु गरेपछि  कल रेकर्ड गर्ने, कल ट्रान्सफर गर्ने, ग्रुप कललाई एक्सपान्ड गर्ने र लाइभ क्याप्सनको फिचर प्रयोग गर्न पाइदैन् । ती फिचर पाउनका लागि ई टू ई डिसेबल गर्नुपर्ने हुन्छ । तर यी फिचर नपाएपनि इन्क्रिप्सनको फिचर महत्पूर्ण हुने गर्दछ ।