कीवर्डहरू -

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका 

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका 

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । माई पेले ‘डाउनलोड एण्ड विन’ योजना अन्तर्गत १० भाग्यशाली ग्राहकहरूलाई एक लाखसम्म प्रदान गर्ने जानकारी दिएको हो ।

यसका साथै ग्यापु मार्केटप्लेसबाट ३० जनाले २ हजार वा सोभन्दा बढी सामान खरिद गरेमा २०० रूपैयाँ बराबरको छुट कुपन पनि पाउने छन् ।

माई पेको यस योजनामा सहभागी हुन् यहाँ क्लिक गरी मोबाइल एप डाउनलोड गर्नुहोस् । हाललाई माई पेको मोबाइल एप एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ ।

माई पेको एप डाउनलोड गरी आफ्नो अकाउन्टको केवाईसी भेरिफाइ समेत गर्नुपर्नेछ । त्यस्तै माई पेको फेसबुक पेज लाईक र इन्स्टाग्राम अकाउन्ट फ्लो गरेको हुनुपर्नेछ ।

यस योजना सम्बन्धि माई पेको पोष्टलाई पब्लिकमा राखि शेयर गर्नुपर्नेछ वा यहाँ क्लिक गरी उक्त पोष्टमा जान सक्नुहुनेछ । पोष्ट शेयर गर्दा आफ्ना ५ जना साथिलाई मेन्सन गर्नुपर्नेछ भने  #MyPay #AbaHarekDayMyPay #NewYearWithMypay ह्यासट्याग राखेको हुनुपर्नेछ ।

यो योजनामा डिसेम्बर ३१ राति १२ बजेसम्म माई पे एप डाउनलोड गरेर सहभागी हुन सकिने छ । माई पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।

यसबाट विभिन्न किसिमका अनलाइन भुक्तानी गर्न सकिन्छ । माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशतसम्म छुट पनि पाइने छ ।