कीवर्डहरू -

क्लासिक टेकका ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

क्लासिक टेकका ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो  ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निःशुल्क १५० एमबीपीएस देखि ३०० एमबीपीएस सम्म अपग्रेड गरिएको जानकारी गराएको छ ।

प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । हाई  स्पिड इन्टरनेट प्रयोग गर्न आम ग्रहकवर्गहरूलाइ ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

नविनतम प्रविधका साथ ग्राहकहरूलाई छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको बताइएको छ । क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्राई ब्यान्ड राउटरको साथमा टाकियन १ जीबीपीएस इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ ।

वाइफाइ ६ का साथमा टाकियन १ जीबीपीएस इन्टरनेट प्रविधि भित्राउन अन्तिम परीक्षण भइरहेको छ । वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयु-एमआईएमओ लगायतका सुविधाहरू रहने छन् । दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको छ ।