कीवर्डहरू -

स्क्रेप्ड डेटा भेटाउनेलाई मेटाले पुरस्कार दिने

स्क्रेप्ड डेटा भेटाउनेलाई मेटाले पुरस्कार दिने

मेटाले बग बन्टी प्रोग्राम अन्तर्गत स्क्रेप्ड डेटा भेटाउनेलाई पुरस्कृत गर्ने भएको छ । यसमा अनुसन्धानकर्ताले बग पनि रिपोर्ट गर्न सक्नेछन् र पहिलेनै अनलाइनमा सार्वजनिक भईसकेको स्क्रेप्ड डेटा पनि भेटाउन सक्नेछन् ।

स्क्रेप्ड डेटाले तपाईको निजी फेसुबक डेटालाई धेरै मान्छेसँग सेयर गर्न दिन्छ । मेटाले यो समस्यालाई आफै समाधान गर्न नसक्ने हुँदा स्क्रेप्ड डेटाको फिचर सार्वजनिक गरेको हो ।

एक लाख प्रयोगकर्ता भएको असुरक्षित वा सार्वजनिक डेटाबेसहरु पत्ता लगाएमा बग बन्टी प्रोग्राम अन्तर्गत मेटाले पुरस्कृत गर्ने भएको हो । हरेक डेटासेटको मेटाले ५०० डलर पुरस्कार दिनेछ ।