कीवर्डहरू -

दिपेश प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान

दिपेश प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान

आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ दिपेश प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष आन्ट्रप्रेनर विधामा ३५ बढीको आवेदन प्राप्त भएको थियो ।

दिपेश प्रधान योमरी इन्फर्मेसन सर्भिसेस इन्कर्पोरेटेडका सह-संस्थापक हुन् । उनले उक्त संस्थामा प्रमुख सञ्चालन अधिकृत तथा वरिष्ठ उपाध्यक्षको रूपमा समेत काम गरिरहेका छन् । उनले योमरी इन्फर्मेसन सर्भिसेसको आन्तरिक अपरेसन समेत हेरिरहेका छन् ।

प्रधानले भारतको सेठ जय प्रकाश मुकुन्द इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियर अध्ययन गरेका छन् । १९९७ मा स्थापना भएको योमरी इन्फर्मेसन सरभिसेसमा १५० जना बढीले रोजगारी पाएका छन् । कम्पनीले बेस्ट बाई, ग्याप र पेटको जस्ता अन्तर्राष्ट्रिय संस्थाका लागि प्रडक्ट विकास गरेको छ ।

कम्पनी स्थापनाको समयमा दिपेशलाई संस्था यहाँसम्म आईपुग्छ भन्ने लागेको थिएन् । तर उनको मिहिनेत र लगावले कम्पनी यहाँसम्म आईपुग्यो । उनको अटोमेट र शेयर नेप्से सिस्टमलाई डिजिटाइज गर्न महत्वपूर्ण भूमिका छ ।