कीवर्डहरू -

नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ भट्टराईलाई प्रदान

नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ भट्टराईलाई प्रदान

नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा भट्टराईलाई पायोनियर आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । मनोहर कुमार भट्टराई नेपालको आईसिटी विज्ञ हुन् ।

सिस्टम्स इन्जिनियर पढेका मनोहरेको आइसिटी क्षेत्रमा १० वर्षभन्दा बढीको योगदान रहेको छ  । मनोहरले नेपाल सरकारले बनाएको उच्चस्तरीय सूचना प्रविधि आयोगको उपाध्यक्ष भएर समेत काम गरिसकेका छन् ।

नेपालको पहिलो आईटी नीति, राष्ट्रिय ब्रोडब्याण्ड नीति र राष्ट्रिय ब्रोडब्याण्डको गुरू योजना बनाउनमा उनको विशेष भूमिका छ ।  ई-गभर्मेन्टको गुरू योजना निर्माणमा समेत उनको योगदान छ, जुन अहिले प्रधानमन्त्री कार्यालयमा कार्यान्यवन भइरहेको छ ।

सयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको नेतृत्वमा पहल भएको एशिया प्यासिफिक इन्फर्मेसन सुपरहाइवेमा एक विज्ञका रूपमा समेत काम गरेका छन् । उनी इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट, आइसिटी फर डेभलपमेन्ट र समृद्धि ग्रुपका अध्यक्ष हुन् ।