कीवर्डहरू -

नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ नेपाल क्लियरिङ हाजस लिमिटेडले पाएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा नेपाल क्लियरिङ हाउसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो अवार्ड प्रदान गरिन्छ । यसै वर्ष थपिएको डिजिटल सर्भिसेस अवार्ड प्राइभेट क्षेत्रतर्फको अवार्ड नेपाल क्लियरिङ हाउसले पाएको हो ।

डिजिटल पेमेन्टको क्षेत्रमा क्लियरिङ हाउसको योगदान उल्लेख्निय रहेको छ । क्लियरिङ हाउसले कनेक्ट आईपीएस, कर्पोरेट पे, इन्टर बैंक पेमेन्ट, आरटीजीएस लगायतका विभिन्न प्रविधि सञ्चालन गर्दै आएको छ ।