कीवर्डहरू -

भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान

भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान

डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ भूमि व्यवस्था तथा अभिलेख विभागले पाएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा भूमि व्यवस्था तथा अभिलेख विभागलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने सरकारी कम्पनीलाई यो अवार्ड प्रदान गरिन्छ । यसै वर्ष थपिएको डिजिटल सर्भिसेस अवार्ड पब्लिक क्षेत्रका लागि भूमि व्यवस्था तथा अभिलेख विभागलाई प्रदान गरिएको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले भूमि तथा त्यसको अभिलेख सम्बन्धि कामलाई डिजिटलाइजेसन गर्ने काम गरेको छ ।