कीवर्डहरू -

‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान

‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान

‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मशुरलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।

यस विधामा विद्यार्थीले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । यस वर्ष यो विधामा ४० बढीको आवेदन परेको थियो ।

मशुर मानवजातिलाई चाहिने आहार आवश्यकता पूरा नभएको नेपालीहरूलाई पहुँचयोग्य र सस्तो पोषण पुर्‍याउने अभियानमा लागेको छ ।

कम्पनीको नवीनतम उत्पादन मुसोरः होम हार्भेस्ट सिस्टम हो, जुन एक पूर्ण स्वचालित आईओटी डिभाइस हो । यसले यन्त्र भित्रको मौसमी अवस्थालाई कायम राख्छ ।

मशुरले एआई, आईओटी जस्ता नवीन प्रविधिहरू एकीकृत गरेर सेवा प्रदान गर्ने समेत जनाएको छ । कम्पनीको नवीनतम उत्पादन मुसोरः होम हार्भेस्ट सिस्टम हो, जुन एक पूर्ण स्वचालित आईओटी डिभाइस हो ।

यसले यन्त्र भित्रको मौसमी अवस्थालाई कायम राख्छ । आम मानिसहरुले मशुरको प्रणालीको उपयोग गरी आफ्नै घरमा च्याउ र माइक्रोग्रीनको प्रजातिहरुलाई उत्पादन गर्न सक्ने छन् ।

मशुरको प्राथमिक अवधारणा भनेको मानिसहरूलाई पहुँचयोग्य र किफायती पोषण उपलब्ध गराउनु हो ।  नेपालमा, ६.१ प्रतिशत जनसंख्याको पोषणमा गाह्रै गरेर पहुँच छ भने ३६ प्रतिशतले मात्र सिफारिस गरिएको दैनिक आहार आवश्यकताहरू पूरा गर्छन् ।

खाद्य उपभोगको मात्रा र गुणस्तरमा सुधार गर्ने प्रविधि र इकोसिस्टमको विकास गरेर, मुसोरले मानिसहरूलाई उत्पादनशील र थप सन्तुष्ट जीवन निर्माण गर्न आफ्नो समय र ऊर्जा खर्च गर्न मद्दत गर्नेछ ।

यो परियोजनाको टिममा शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई, सोनी पोखरेल र निश्चल नेपाल आवद्ध रहेका छन् ।