कीवर्डहरू -

नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१

नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१

पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा बगभीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड दिइएको हो ।

बगभी नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म हो । डेढ वर्षको मिहिनेतपछि बगभी सन् २०२० मा सार्वजनिक भएको थियो ।

बगभीमा आवद्ध भएर कम्पनीले आफ्नो सिस्टमको सुरक्षा परीक्षण गर्न सक्ने छन् । बगभीमा अहिले नेपालसहित विश्वभरबाट ३ हजार बढी साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् ।