कीवर्डहरू -

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार द सोल्टी होटेल काठमाडौंमा आयोजना भएको छ ।

१२ विधामा अवार्ड प्रदान गर्दै लिभिङ विथ आइसिटीले आयोजना गरेको छैठौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न भएको हो ।

आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

त्यस्तै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल, नास्टका अध्यक्ष सुनिल बाबु श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्य, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङ, पूर्व सञ्चार मन्त्री पार्वत गुरूङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टिका ढकाल, प्रा. डा सुवर्ण शाक्य, प्रा. डा. मनिष पोखरेल, टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी, सूचना प्रविधि विभागका निर्देशक प्रेम शरण श्रेष्ठ, क्यान महासंघका अध्यक्ष नवराज कुँवर, नेपाल बैंक लिमिटेडका सीईओ कृष्ण अधिकारी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ, नबिल बैंकका सीईओ अनिल केशरी शाह लगायतको उपस्थिति रहेको थियो ।

साथै सूचना प्रविधि क्षेत्रका विभिन्न अग्रज व्यक्ति, सहकार्य संस्थाका प्रतिनिधि, सूचना प्रविधि कम्पनीका प्रतिनिधि, पत्रकार तथा सूचना प्रविधि प्रेमीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँने बताए ।

कार्यक्रममा बोल्दै उनले आइसिटी क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्‍याउने बताए ।

सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको बताए । कार्कीले सूचना प्रविधिको विकासमा सरकारले समेत काम गरिरहेको जानकारी दिए ।

यस वर्ष अवार्डको लागि ४०० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यस वर्ष १२ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ । १२ विधा अन्तर्गत यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ ।

त्यस्तै प्रडक्ट आइसिटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो ।

\"\"

त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधानलाई, नेपाली डायस्पोरा आइसिटी अवार्ड लाई, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड मनोहर कुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेडलाई र डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।

अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले आइसिटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताए ।

त्यस्तै कार्यक्रम बोल्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइसिटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुष्प रमन वाग्लेले देशमा सुशासन कायम राख्न आइसिटीको प्रयोग गर्नुपर्ने बताए । उनले अवार्ड मार्फत प्रविधिमा रूपान्तरण गर्न खोजेको बताए ।

अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता र अहिलेका प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका छन् ।

आइसिटी अवार्डका जुरी प्रमुख हेमापाल श्रेष्ठले ४ महिनाको गहन अध्ययन र विभिन्न ७ चरणको छनोट पश्चात विजेता छनोट गरिएको जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको बताए । अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने उनको भनाइ छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन आइसिटीको प्रयोग व्यापक गर्नुपर्ने बताए । उनले कोरोना महामारीमा सूचना प्रविधिको क्षेत्रमा धेरै काम भएको समेत बताए ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आइसिटी अवार्ड २०२१ को सह-प्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् ।

त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, इन्डोर्स्ड पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण, क्याटोगोरी पार्टनर एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

साथै अवार्डलाई प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इसेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेटसनल कलेज, ज्योति लाईफ इन्स्योरेन्स, टेक्नोरियो, हिमालय टेलिभिजन, क्लासि प्रिन्टिङ प्रेस, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल बैंक, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब र प्लान्ट नेपाल संस्थाको सहयोग रहेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन पार्टनरमा रहेका थिए ।

विजेतालाई १५ लाखसम्म सहुलियतपूर्ण ऋण

आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२१ का विजेतालाई बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकम सहित पुरस्कार प्रदान गरेको छ ।

पावर्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई ३ लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउने छ भने डिसहोमले उच्चगतिको फाइबरनेट प्रदान गर्नेछ ।

\"\"

जेनेस सोलुसनले सबै विजेतालाई क्लाउड कन्सल्टीङ सेवा उपलब्ध गराउने भने डिजिटल एजुकेसन आइसिटी अवार्ड विजेतालाई एक वर्षका लागि जुमको लाइसेन्स उपलब्ध गराउने छ ।

यसैगरी यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजार बराबरको आफ्नो विजनेश इन्टिग्रेसन र प्रवर्द्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।

अन्य कम्पनी तथा सहयोगी संस्थाहरूले स्टार्टअप र इन्नोभेसनका विधामा विभिन्न किसिमले सहयोग, आवश्यक लगानीको लागि अवसर प्रदान गर्ने छन् ।

अवार्डको नाम अवार्ड विजेता

•    ह्वावे स्टार्टअप आइसिटी अवार्ड– खेती भेञ्चर
•    प्रडक्ट आइसिटी अवार्ड– मिखा
•    राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
•    डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
• डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
•    नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
•    आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान
•    नेपाली डायस्पोरा आइसिटी अवार्ड–प्रशन्न ढुंगले
•    वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
•    डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– नेपाल क्लियरि हाउस लिमिटेड
•    डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
•    पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी